एफए कप : सेमेन्योको डेब्यु खेलमा एक्सेटर सिटीमाथि म्यान्चेस्टर सिटीको १०-१ जित

0 Shares

काठमाडौं । एन्टोइन सेमेन्योको डेब्यु खेलमा म्यान्चेस्टर सिटीले एक्सेटर सिटीलाई पराजित गरेको छ ।

सिटीले एक्सेटर सिटीलाई १०-१ को फराकिलो अन्तरले पराजित गरेको हो । सिटीका लागि रिको लेविसले दुई गोल गर्दा म्याक्स एलिन, रोड्री, एन्टोइन सेमेन्यो, तिजानी रेन्डर्स, निको ओ रिली र रायन म्याकइडोले एक-एक गोल गरे ।

अरु दुई गोल भने सिटीले उपहार पाएको थियो । एक्सेटरका जेक होवेल र ज्याक फिजवाटरले आत्मघाती गोल गरे । जर्ज बिर्चले अन्तिम समयमा टोलीका लागि एक गोल फर्काए ।

सम्बन्धित समाचार