सरकार र कप्तानगञ्ज पीडित पक्षबिच सहमति, यी हुन् ७ बुँदे सम्झौता

0 Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग गृह मन्त्रालयबीच सहमति भएको छ ।

सहमति पत्रअनुसार सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।

सहमतिअनुसार मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने उल्लेख छ। घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

सम्बन्धित समाचार