भेनेजुएला व्यवस्थापन गर्न भन्दै ट्रम्पले घोषणा गरे ‘विशेष टोली’

0 Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला व्यवस्थापन गर्न विशेष टोली गठनको घोषणा गरेका छन्।

जसमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अन्य शीर्ष अधिकारी रहने छन्।

यो टोलीले भेनेजुएलामा कानुनी व्यवस्था कायम राख्न, सरकारी संस्थाहरूको कार्यप्रणाली पुनर्स्थापित गर्न, तेल, ऊर्जा र सुरक्षाजस्ता प्रमुख क्षेत्रलाई स्थिर बनाउन र संक्रमणकाल व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ।

अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सेलिया फ्लोरेसलाई अपहरण गरी लगेको छ।

उनीहरूलाई अहिले न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ। उनीहरूविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाइँदै छ।

ट्रम्पले अबदेखि ‘भेनेजुएलाको कमान्ड अमेरिकाको हातमा रहेको’ बताएका छन्।

 

सम्बन्धित समाचार