0
Shares
काठमाडौं । अमेरिकाले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित चार सहरमा भीषण हवाई आक्रमण गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेनेजुएलाका काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यका सैन्य अड्डामा अमेरिकाले सात हवाई हमला गरेको हो ।
पहिलो आक्रमण स्थानीय समयअनुसार बिहान २ बजे भएको थियो । भिडिओमा सहरमाथि नजिकै झन्डै १० वटा हेलिकप्टर उडिरहेको देखिन्छ ।