बिवाह संस्कार सिकाउने नाममा कलिला विद्यार्थीको प्रयोग, एभरेस्ट स्कुल विवादमा

0 Shares

काठमाडौँ । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । झट्ट हेर्दा उक्त भिडियो बालविवाह भएको जस्तो देखिन्छ ।

बुटवलस्थित एभरेस्ट इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गरी विवाहको मञ्चन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद उत्पन्न भएको छ।

भिडियोमा एकै उमेर समूहका विद्यार्थीहरू हिन्दू परम्पराअनुसार विवाहका विधि पूरा गरिरहेको देखिन्छ।

भिडियोमा विद्यार्थीहरू दुलहादुलही, पण्डित, जन्ती र अभिभावकको भूमिकामा प्रस्तुत भएका छन्। मण्डप निर्माण, यज्ञ परिक्रमा, कन्यादान र सम्धेलो लगाउनेजस्ता विधि समेत गरिएको देखिएको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमअन्तर्गत प्रस्तुत गरिएको विद्यालयले जनाएको छ। तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई बालविवाहलाई प्रोत्साहन गर्ने प्रस्तुति भन्दै आलोचना गरेका छन्।

सामाजिक संंजाल प्रयोगकर्ताहरूले ‘विद्यालय जस्तो शैक्षिक संस्थानले बालबालिकालाई विवाहजस्तो विषयमा प्रयोग गर्नु गलत सन्देश दिन सक्ने’ भन्दै आपत्ति जनाएको हो ।

सम्बन्धित समाचार