एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि देशव्यापी आन्दोलन जाने ओलीको घोषणा

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताएका छन् ।

तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने बताए ।

उनले भदौ २४ को घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्नेलाई एमालेले जवाफ दिएको र अझ दिने बताए ।

ओलीले एमाले अजम्वरी पार्टी भएको भन्दै अब सबैलाई एकताबद्ध बनाएर अझ बलका साथ अघि बढ्ने दाबी गरे ।

सम्बन्धित समाचार