0
Shares
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्दा पार्टी विभाजन नहुने प्रस्ट पारेका छन्।
महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको आन्तरिक जीवनमा आफूहरूले लोकतान्त्रिक अभ्यास गरेको बताए।
उनले भने, ‘लोकतान्त्रिक अभ्यास गरेपछि एउटा पक्षले जित्यो, अर्कोले हार्यो भनेर प्रचार गरिन्छ। हामीले गरेको अन्तरपार्टी लोकतन्त्रको अभ्यास हो। यो कुनै विभाजन गरेको होइन। यो अभ्यासले हाम्रो पार्टीको आन्तरिक एकतामा कहीँ कतै पनि प्रभाव पर्दैन।’
पराजित भएकाहरूलाई पनि पार्टीले उपयुक्त जिम्मेवारी दिएर काममा लगाउने बताए।