काठमाडौं । स्वस्तिमा खड्काले नगरकोटमा फार्म हाउसमा संन्चालन गरेकी छन् ।
पछिल्लो समय कलाकारहरूले वैकल्पिक क्षेत्रमा लगानी गर्न थालेसँगै स्वस्तिमा पनि जोडिएकी छिन् ।
उनको फार्म हाउस नगरकोटको भ्युटावरबाट पछाडिपट्टि रहेको छ । यो फार्म हाउसमा जो कोही पनि जान सक्छ । तोकिएको शुल्क तिरेर बस्न सक्छ ।
एकजना गए पनि वा समूहमा मिलेर गए पनि न्यूनतम रकम तिरेर आफैँ पकाएर खाने तथा बस्ने सुविधा रहेको छ ।
उनले फार्म हाउस खोलिएको बारे धेरैलाई जानकारी नभएका कारण हालसम्म अधिकांश व्यक्ति चलचित्र क्षेत्रकै जाने गरेका छन् । विशेषगरी शान्त वातावरणमा काम गर्न र बस्न जान चाहने स्वस्तिमाको फार्म हाउस जाने गरेका छन् ।
स्वस्तिमाले यो फार्म हाउस खोलेको करिब एक वर्ष भइसकेको छ । तर, कति लगानीमा खोलिन्, कतिले रोजगारी पाइरहेका छन्, कति क्षमताको हो यसबारे उनले केही खुलाएकी छैनन् ।
अहिलेको पहिलो रोजाइकी अभिनेत्री स्वस्तिमाले चलचित्रसँगै बिजनेसमा लगानी गर्न थालेकी हुन् । आफू कला क्षेत्रमा व्यस्त रहे पनि उनले बिजनेसमा लगानी गरेकी हुन् ।