नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

0 Shares

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा दुई दिन सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगितामा नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरुसहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्वितीय हुने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदकतथा शिल्ड प्रदान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिप्पर नेपाल माइक्रो इन्स्योरेन्सका रोमन सिंह, उत्कृष्ट डिफेन्डरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सुनिल थापा, उच्च स्कोरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेको इन्स्योरेन्सका युकेश तामाङ्गलाई ट्रफी प्रदान गरिएको थियो ।

साथै, अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाएवापत रेफ्रीहरु र उक्त प्रतियोगिताका लागि ग्राउण्ड उपलब्ध गराउने सामाखुसी फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष साउदले मायाको चिनो प्रदान गरेका थिए ।

 

सम्बन्धित समाचार