जनार्दनलाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाएर अवरोध

0 Shares

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’लाई आफ्नै गृह जिल्ला रुकुममा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रवेश गर्न अवरोध गरेका छन् ।

पार्टी कामको सिलसिलामा आइतबार गृह जिल्ला रुकुम पुगेका शर्मालाई नेकपा कार्यकर्ताले रुकुमको सल्ले एयर्पोटमा कालो झण्डा देखाएर अवरोध गरेको नेकपा नेता केशव रावलले जानकारी दिए ।

पार्टी फुटाएको भन्दै आफ्नै नेता कार्यकर्ताहरूले जनार्दनलाई गृह जिल्ला रुकुम पुगेको बेला रुकुमको सल्ले एयरपोर्टमा कालो झण्डा देखाएर विरोध जनाएका हुन् । सधैँ फूलमाला लिएर स्कटिङ गर्न आउने नेता कार्यकर्ताहरू जनार्दन रुकुम पुगेको बेला पार्टी फुटाएको भन्दै कालो झण्डा देखाएका हुन् ।

पार्टीका सहिद परिवार र घाइतेले अलपत्र पारेर छोडेको भन्दै यसअघि नेकपाको एक कार्यक्रममा आक्रोस पोेखेका थिए । जनार्दनलाई रुकुमले धेरै माया गरे पनि अन्तमा धोका दिएर पार्टी फुटाएर हिँडेको उनीहरुले आरोप लगाएका थिए ।

२०६४ सालदेखि रुकुमबाट लगातार चुनाव जितेका जनार्दनले शान्ति मन्त्रालय, उर्जा मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालय जस्ता शक्तिशाली मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए ।

 

सम्बन्धित समाचार