0
Shares
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन दुई लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । सुनको मूल्य यसअघि सबैभन्दा बढी प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
बुधबार चाँदीको मूल्य तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ५४५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ६५५ रुपैयाँ पुगेको छ ।
गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ ।