0
Shares
काठमाडौं । आज सुनको मूल्यमा भारी वृद्धि हुँदै नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकै दिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि बढेको हो ।
यसैबीच सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको हो ।