हुन्डाईको आधुनिक शोरूम वीरगञ्जमा पनि खुल्यो

0 Shares

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरकले गदौ २० श्रीपुर, मुर्ली, वीरगंज–११ मा आफ्नो नयाँ हुन्डाई शोरूमको उद्घाटन गरेको छ। यसले वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउन महत्वपूर्ण कदम लिएको छ।

वीरगंजको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको कम्पनीले जनाएको छ । यस उद्घाटनले नेपालभरि आफ्नो नेपालमा पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने हुन्डाईको प्रतिबद्धतालाई झल्काउँछ।

हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा मानिन्छ, जसले ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका, सुरक्षित र उच्च प्रदर्शन भएका गाडीहरू उपलब्ध गराउँदै आएको छ। रामग्राम, नवलपरासीमा नेपालको पहिलो चार९पाङ्ग्रे गाडी असेंब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ।

वीरगंज शोरूमको उद्घाटन हुन्डाईको देशभरि उत्कृष्ट यातायातका विकल्पहरू प्रदान गर्ने ठूलो योजनाको एक हिस्सा हो । जसलाई बढ्दो बिक्री सञ्जाल, सर्भिस सेन्टर र ग्राहक सेवा सम्पर्क बिन्दुहरूले सहयोग गर्दै आएका छन्। यस उपलब्धिसँगै, हुन्डाईले नेपालभरिका ग्राहकहरूका लागि विश्वास र उत्कृष्टता कायम राख्दै, उन्नत, दिगो र प्रिमियम गुणस्तरका गाडीहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता जनाएकोे छ।

सम्बन्धित समाचार