एमएडब्लुको ‘ग्यारेन्टिड बाईब्याक’ योजना : दिपल एस जीरो सेभेन खरिदमा पाइन्छन् यस्ता सुविधा

0 Shares

काठमाडौं । नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै नेक्स्ट लेभल कनेक्टिभिटी सहितको ‘बेस्ट-लुकिंग’ इभी दिपल एस जीरो सेभेन आईसीएका लागि एमएडब्लु-ग्यारेन्टिड वाईव्याकु योजना घोषणा गरेको छ । नेपालको नम्बर वान लक्जरी इभीको स्थानलाई मजबुत बनाउदै एमएडब्लु वृद्धिले दिपल एस जीरो सेभेनमा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत दिपल एस जीरो सेभेन खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ग्यारेन्टिड बाइव्याक भ्यालु पाउन सकिने छ । यसबाट दिपल एस जीरो सेभेन खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याटी लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने कम्पनीको अपेक्षा रहेको छ । २ देखि ५ वर्षसम्ममा दिपल एस जीरो छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइने जनाइएको छ ।

यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयरु यानि दिपल एस जीरो सेभेन चढ्दा ५ वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाइने छ । यो योजना अन्तर्गत ५ वर्षसम्म निशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निःशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउन सकिने छ ।

‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिन’, इभी किन्ने आत्म विश्वास बढाउनु र एस जोरो सेभेन आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।

सम्बन्धित समाचार