काठमाडौँ । गत आर्थिक वर्ष २०८१/०८२ मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा ३०.८८% को ठूलो गिरावट आएको छ। कम्पनीहरूले अघिल्लो वर्ष ६ अर्ब १ करोड ७८ लाख रुपैयाँ नाफा कमाएकोमा गत वर्ष यो घटेर ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ मात्र रहेको छ।
कम्पनीअनुसार नाफाको अवस्था
सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये ८ वटाको नाफा घटेको छ र एउटा कम्पनी घाटामा गएको छ। ६ कम्पनीको नाफा भने बढेको छ।
सर्वाधिक नाफा कमाउने कम्पनीहरू:-
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ७१ करोड ३१ लाख रुपैयाँ
नेको इन्स्योरेन्स: ५५ करोड ८ लाख रुपैयाँ
हिमालयन एभरेस्ट इन्स्योरेन्स: ५३ करोड २३ लाख रुपैयाँ
सर्वाधिक नाफा वृद्धि गर्ने कम्पनी:
प्रभु इन्स्योरेन्स: ३९.२२% वृद्धि
नाफा घट्ने कम्पनीहरू:-
नेसनल इन्स्योरेन्स: ६२ करोड ३९ लाख रुपैयाँ घाटामा
द ओरियन्टल इन्स्योरेन्स: ८६% गिरावट
राष्ट्रिय बीमा कम्पनी: ३१.८३% गिरावट
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स: २७.८४% गिरावट
हिमालयन एभरेस्ट इन्स्योरेन्स: २०.३०% गिरावट
युनाइटेड अजोड इन्स्योरेन्स: २१.८८% गिरावट
सगरमाथा लुम्बिनी इन्स्योरेन्स: १२.५२% गिरावट
नेको इन्स्योरेन्स: ६.२७% गिरावट
नाफा घट्नुका कारणहरू
कम्पनीहरूको नाफा घट्नुको मुख्य कारण गत वर्ष असोज १० गते आएको बाढी पहिरो हो। त्यस बाढीबाट निर्जीवन बीमा कम्पनीहरूमा १२ अर्ब २७ करोड रुपैयाँ भन्दा बढीको दाबी पेस भएको थियो, जसमध्ये ४ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको थियो।
यसका साथै, बैंकको ब्याजदरमा आएको गिरावट ले पनि नाफामा असर पारेको छ। बीमा कम्पनीहरूको मुख्य लगानी बैंकको मुद्दती निक्षेपमा हुने हुँदा घट्दो ब्याजदरले उनीहरूको आम्दानीमा असर गरेको सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले बताउनुभयो।
उनका अनुसार, सानिमा जीआईसीको नाफा बढ्नुको कारण भने कम्पनीको राम्रो पुनर्बीमा सुरक्षा (Reinsurance Protection) थियो।