0
Shares
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ।
गएराति वुल्भ्सलाई ४-० गोलले पराजित गर्दै सिटीले जारी सिजनमा विजयी सुरूवात गरेको हो। मोलिन्युक्स स्टेडियममा एर्लिङ हालान्डले दुई गोल गरे। तिज्जानी रेइजन्डर्स र रायन चेर्कीले एकरएक गोल गरे।
खेलको ३४ मिनेटमा हालान्डले गोल गरे। त्यसको तीन मिनेटमै रेइजन्डर्सले अग्रता दोब्बर पारे। दोस्रो हाफको ६१ मिनेटमा हालान्डले पुनः गोल गरे। ८१ मिनेटमा चेर्कीको गोल निर्णायक बन्दा सिटी ४-० ले विजयी भएको हो।
गएराति नै भएको खेलमा ब्राइटन र फुलहमले १-१ गोलको बराबरी खेले। वेस्ट ह्यामलाई सन्डरल्याण्डले ३-० गोलले हरायो। त्यस्तै टोटनहमले बर्नलीलाई ३-० गोलले पराजित गर्दा एस्टन भिल्ला र न्यूकासलले गोलरहित बराबरी खेले।