एमसीसी प्रिमियर– पहिलो खेलमा नेपाल विजयी, मलेसिया पाँच विकेटले पराजित

0 Shares

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ मा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ ओभर खेल्दै पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले २४, आसिफ शेखले ३२, कप्तान रोहित पौडेलले २८ कुशल मल्लले ७, दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । सन्दीप जोरा र गुल्सन झा नटआउट भए ।

ओमनको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा तीन विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

मलेसियाका कप्तान विरनदीप सिंह ७२ रनमा नटआउट भए । शर्विम मुनिआन्डी ४१ रन बनाउँदा अर्का ओपनर मोहम्मद आमिरले १६ रन बनाए आउट भए ।

बलिङतर्फ नेपालका लागि दीपेन्दसिंह ऐरीले दुई विकेट लिँदा अभिनास बोहराले एक विकेट लिए ।

सम्बन्धित समाचार