कीर्तिपुरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

0 Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ५ जाखामा निर्माणाधीन शौलालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ वर्षीय अभिषेक मगर रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनी डुबेर गम्भीर घाइते भएलगत्तै उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो ।

 

तर, उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार