वीरगञ्ज महानगरमा अवैध भित्र्याइएका सवारीसाधन नियन्त्रण

0 Shares

पर्सा । प्रहरीले अवैध रुपमा भित्र्याइएका चार पाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएका सवारीसाधन पर्साको ग्रामीण तथा बजार क्षेत्रमा सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगर १६ इनर्वागाउँस्थित सडकखण्डबाट भारतीय बोलेरो गाडी र मारुती सुजुकी कार बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

उक्त चार पाङ्ग्रे सवारीसाधन २२ लाख मूल्याङ्कन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

सम्बन्धित समाचार