पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशको हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने छ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित समाचार