रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

0 Shares

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्‍यो ।

विराटनगरका आन्द्रे रसेलको अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा जनकपुरका सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गरेका थिए । तर, उनको प्रहार बसिर अहमदले क्याच गरे ।

यससँगै विराटनगरले दुई रनको जित हासिल गर्‍यो ।

सम्बन्धित समाचार