0
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरूद्ध भ्रष्टचारको मुद्दा दर्ता गरेको हो ।
उनीहरूविरुद्ध सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप छ ।
नेपाल प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद बैठकले हदबन्दीभन्दा बढीको जग्गा विक्री गर्न अनुमति दिएको अख्तियारको दाबी छ ।