0
Shares
काठमाडौं । दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटिएको छ । राप्ती नगरपालिका १ दमस्थानी मध्यवर्ती सामुदायिक वनमा अस्थिपञ्जर भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार झन्डै छ महिनाअघि मरेको गैँडाको खाग, खुरसहित अस्थिपञ्जर भेटिएको हो । गैँडा कालगतिले मरेको अनुमान गरिएको छ । तिवारीले खाग र खुर सुरक्षित रहेकाले गैँडा कालगतिले मरेको बताए ।
पछिल्लो गणनाअनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ बयस्क गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ७५२ छ । सङ्ख्या बढी भएकाले प्राकृतिक कारणले गैँडाको मृत्युदर धेरै हुने गरेको छ ।