उपचारमा लापरबाही भएर शिशुको मृत्यु हुँदा डेढ करोड क्षतिपूर्ति

0 Shares

काठमाडौं । उपचारमा लापरबाही हुँदा बिरामीको मृत्यु भएको भन्दै उपभोक्ता अदालतले ठूलो रकमको क्षतिपूर्ति तिर्न फैसला गरेको छ ।

बिहीबार न्यायाधीशहरू रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

फैसलाअनुसार अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने आदेश भएको हो ।

यसअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सक यादवले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ ।

२०८० माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेका थिए । तर, स्वास्थ्य सुधार नभई अस्पताल र चिकित्सकको लापरबाहीले अवस्था बिग्रिएर मृत्यु भएको शिशुका बुवाको भनाइ छ ।

सम्बन्धित समाचार