0
Shares
काठमाडौं । धादिङको त्रिशूली नदीमा एक महिला हाम फालेकी छन् । गल्छी गाउँपालिका १ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको त्रिशूली नदीमा हाम फालेकी हुन् ।
बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य गरिएको प्रहरीले जनाएको छ । महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डमा टोली खटिएको छ ।
खोजीका लागि तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको प्रहरीले जनाएको छ ।