0
Shares
काठमाडौं । भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । तीन जना न्यायाधीशको इजलासमा उनको बयान हुने भएको हो ।
बयान दिन अदालत पुगेका नेपाललाई न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर २ मा हुने तय भएको हो ।
नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।