गभर्नर डा. पौडेलको नियुक्तिबारे आज सर्वोच्चमा अन्तरिम आदेशमाथि सुनुवाइ

0 Shares

काठमाडौं। गभर्नर डा. विश्ननाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाइ आज तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा परेको उक्त मुद्दा पेसी सूचीको ५ नम्बरमा छ ।

जेठ २० गते ३३ औं नम्बरमा पेशीमा चढेकोले सो दिन उक्त मुद्दाको सुनुवाइ हेर्न भ्याइएको थिएन । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले जेठ १४ गते भएको प्रारम्भिक बहसपश्चात् नेपाल सरकार सहितका विपक्षीहरुलाई नियुक्तिको आधार पुष्टी गर्ने प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो ।

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर पौडेलमा कानुनले तोकिएको योग्यता नभएको दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

राष्ट्र बैंक ऐनमा राजनीतिक दलमा आबद्ध व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था रहेपनि कांग्रेसबाट चुनाव लडेका पौडेललाई सरकारले गभर्नर नियुक्त गरेको छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा।पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

अन्तरित आदेशको सुनुवाईका क्रममा सरकारले योग्यता पुष्टी गर्न नसकेमा डा.पौडेलको नियुक्ति बदर हुनसक्ने कानुन व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित समाचार