काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने भएसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो चीनको शरणमा पुगेका छन् । स्ट्रेट अफ होर्मुज विश्वको करिब एक चौथाइ तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग हो ।
रुबियोले इरानी राज्य सञ्चालित टेलिभिजनको रिपोर्टपछि आएको हो । यसमा इरानको संसद्ले पर्सियन गल्फको प्रवेशद्वारमा पर्ने यो साँघुरो जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको भनिएको थियो ।
रुबियोले फक्स न्युजसँग भनेका छन्, ‘म चिनियाँ सरकारलाई आग्रह गर्छु कि उनीहरूले (इरान)लाई फोन गरेर सो कदम नचाल्न सम्झाउन्, किनभने चीन आफैँ पनि स्ट्रेट अफ होर्मुजमा धेरै हदसम्म निर्भर छ ।”
विश्लेषकका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अधिकार इरानी संसद्को नभएर सुरक्षा निकायसँग रहन्छ । साथै, इरान आफै आफ्ना निर्यात र अर्थतन्त्रका लागि यो मार्गमा निर्भर हुँदै आएकाले यस्तो कदम इरानका लागि जोखिमपूर्ण हुनसक्छ ।
यदि स्ट्रेट अफ होर्मुजमा आपूर्ति अवरुद्ध भए त्यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने छ । तेलको मूल्य आकस्मिक रूपमा बढ्ने सम्भावना छ । जसले चीन, भारत, जापानजस्ता प्रमुख आयातकर्तामा पर्ने छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरे केही घण्टामै आक्रमण गरेका थिए ।
ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका हुन् । उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेको बताए । योसँगै इरानले तेलको प्रमुख मार्ग बन्द गरिदिने समाचारमा जनाइएको छ ।
२४ घण्टा टिकेन डोनाल्ड ट्रम्पको बचन, इरानमा बर्सियो अमेरिकी बम