0
Shares
काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड वानप्लस–१३एस भारतीय बजारमा सार्वजनिक हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार यो फोन आगामी साता सार्वजनिक हुनेछ।
यो फोन वानप्लस–१३ सिरिजको सबैभन्दा सस्तो फोन रहेको कम्पनीले बताएको छ। फोनको मूल्य ५० हजार भारू पर्न सक्ने अनुमान लगाइएको छ। फोनको डिजाइन पातलो छ। ग्राहकले फोनमा आइफोनको जस्तै फिचर पाउनेछन्।
फोनमा ग्राहकले एआई फिचर पाउनेछन्। फोनमा ६।३२ इञ्चको डिस्प्ले जडान गरिएको छ। त्यस्तै, फोनमा क्वालकोम स्न्यापड्रागन ८ लाइट चिपसेट प्रयोग गरिएको छ।
वानप्लस–१३एस तीन रंगमा उपलब्ध हुनेछ।
फोनको पछाडि भागमा दुईवटा क्यामरा जडान गरिएको छ। त्यस्तै, ग्राहकले ६ हजार दुई सय ६० एमएएच ब्याट्री क्षमता पाउनुका साथै ८० वाटको फास्ट चार्जिङ सुविधा हुनेछ।