डेभिड वार्नरले सर्वाधिक रन बनाउँदा काठमान्डुको जित, विराटनगर ९ विकेटले पराजित

0 Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेट हराएको छ ।

विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डूले एक विकेटको क्षतिमा ९ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गरेको हो ।

काठमाण्डुका लागि डेभिड वार्नरले सार्वधिक ४४ रन बनाए । उनले २४ बलमा ३ छक्का र २ चौका प्रहार गरी अविजित रहे । विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन बनाए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि विकेट गुमाउँदा ८३ रनमा अलआउट भएको थियो । टोलीका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । एन्जेलो म्याथ्युजले २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।

बलिङतर्फ काठमान्डुका लागि युवा बलर सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए । सहान अराचिगे र जहानदान खानले समान २-२ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र देव शाहले १-१ विकेट लिएका थिए ।

सम्बन्धित समाचार