काठमाडौं गोखार्जका बलर हाबी हुँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भयो।
जारी सिजन बनेको यो सर्वाधिक कम योगफल हो। यसअघि जारी सिजनको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्सविरुद्ध ८७ रनमा अलआउट भएको थियो।
विराटनगरका लागि तीन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। विराटनगर एक समय ९.४ ओभरमा ७-३५ को संकटपूर्ण अवस्थामा थियो।
लगातार विकेट पतनपछि सम्हालिन नसकेको विराटगरका लागि आठौं विकेटका लागि एन्जेलो म्याथुज र रुपेश सिंहले ३९ रनको साझेदारी गरेपछि सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।
रुपेशले सर्वाधिक २६ रनको योगदान दिए। एन्जेलो म्याथुजले २२ रन थपे। बसिर अहमदले १० रन बनाए।
त्यस्तै, लोकेश बम ६, सेहान जयसुर्या पाँच र आन्द्रे रसेल तीन रनमा नै पेभेलियन फर्के। इमरान शेख, नारायण जोशी र शुभम रजाने शुन्यमा नै आउट भए।
काठमाडौंका लागि सन्तोष यादवले तीन विकेट लिए। सहान र जहानदाद खानले समान दुई विकेट लिए। करण केसी, साहब आलम र देव शाहको नाममा समान एक विकेट रह्यो।
काठमाडौंले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।