0
Shares
काठमाडौं । बागबजारमा युवतीको हत्या भएको छ । हत्या गरेको आरोपमा धादिङ घर भएका रामचन्द्र पन्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार पन्त पूर्वसैनिक हुन् । घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ ।
पन्तलाई मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । मृत महिला विवाहित थिइन् ।