मरेको खसीको मासु बेच्ने दुई जना पक्राउ

0 Shares

काठमाडौं । मरेको खसी काटेर बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगर १६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्ममा काम गर्ने ३२ वर्षीय राम गुरुङ रहेका छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

सम्बन्धित समाचार