नेपालले भारतीय टोली गुजरातविरुद्ध पहिला ब्याटिङ गर्दै

0 Shares

काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट शृंखलामा नेपाली टोलीले भारतीय टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

राज्य स्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ खेल्न गुजरातले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ ।

जारी त्रिकोणात्मक शृंखलामा नेपालले तेस्रो खेल खेल्न लागेको हो । यसअघि खेलिएको दुवै खेलमा विजयी भएको नेपालले आजको खेल जिते फाइनल प्रवेश हुने छ ।

नेपालले पहिलो खेलमा गुजरातलाई र दोस्रो खेलमा बरोडालाई हराएको थियो । लिग चरणमा तीन वटै टोलीले एकार्कासँग दुई–दुई खेल खेल्ने छन् ।

सम्बन्धित समाचार