नेपाल लाइफ इन्स्योरेन्सको संचालकमा तीन जना निर्वाचित

0 Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औँ वार्षिक साधारणसभाको शेयरधनीहरु (समूह ख) संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सदस्य पदमा निर्वाचित भएका छन् ।

स्थगित भएको सर्वसाधारण शेयरधनीहरु (समूह ख)को संचालक निर्वाचनबाट उनीहरू निर्वाचित भएका हुन् । निर्वाचन सम्पन्न भएपश्चात् बसेको कम्पनी संचालक समितिको ३९३ औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जनाले सपथ ग्रहण गरेका थिए ।

उनीहरूलाई अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको हो । कार्यक्रम होटल भिष्वा वीरगंजमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार