होलीले तराईका जिल्लामा सर्वजनिक बिदा भए पनि नेप्से खुल्ने, प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो

0 Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.११ अंक बढेर २०५०.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा २९ स्टकको २८ लाख ३५ हजार ७६६ रुपैयाँबराबरको ४ हजार ३० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।

सम्बन्धित समाचार