0
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर भएको सुनको मूल्य साताको अन्तिम कारोबार दिन गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।