सुनको भाउ लगातार बढ्दो क्रममा, कति पुग्यो ?

0 Shares

काठमाडौँ । सुनको भाउ लगातार बढ्दो क्रममा छ । पछिल्लो तीन दिन यता सुनको भाउ उकालो लागिरहेको छ । सोहि क्रममा मंसिर २६ गते, बुधबार सुन तोलामा २ हजार रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेको थियो । हिजो सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार यता नेपाल सुन बजारमा सुन तोलामा नै ४ हजार ५०० रुपैयाँले वृद्धि भइसकेको छ ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, भने चाँदी तोलामा ६० रुपैयाँले बढेको थियो ।

सम्बन्धित समाचार