0
Shares
काठमाडौं । ललितपुर महानगर २८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर एक जनाको ज्यान गएको छ ।
करेण्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका ४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।