0
Shares
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।
काठमाडौंको टोखाबाट शुक्रबार साँझ पक्राउ परेका पुनलाई जहाजमार्फत भैरहवा लगिएको हो ।
सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनीमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेकाले भैरहवा लगिएको हो । उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो ।
उनीविरुद्ध रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप छ ।