सुन तस्करीमा माओवादीको विद्यार्थी संगठनका महासचिव दीपेश पुन पक्राउ

0 Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरे ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई पक्राउ गरेको हो ।

गत साउन २ गते बरामद करिब ६० किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि छानबिनको दायरामा परेका थिए ।

सीआईबीले गम्भीर भएर अनुसन्धान नगरी पुनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । बिहीबार बुझाएको प्रतिवेदनमा उनीस्वरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित समाचार