0
Shares
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवको तुलनामा यो ५.१२ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा ४ अर्ब २२ करोड रुपैयाँ थियो ।
पहिलो त्रैमाससम्ममा जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । ८ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५१ करोड २७ लाख रुपैयाँ सञ्चित छ।