सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा नयाँ कार्यालयमा सर्‍यो

0 Shares

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले एक कार्यक्रम माझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगर ६ का वडाध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा समुद्घाटन भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजरलगायत अभिकर्ता सामेल भएका थिए ।

ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनमा ग्राहकमुखी सेवा दिँदै जाने कम्पनीको उद्देश्य रहेको छ ।

सम्बन्धित समाचार