काठमाडौं । फ्रान्समा जारी ‘पेरिस ओलम्पिक’ आज समापन समारोह हुँदैछ । समापन समारोह पेरिसको स्थानीय समयअनुसार साँझ ६ बजेसम्म चल्ने बताइएको छ ।
टम क्रुजले पेरिसदेखि लस एञ्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट गरिरहेको बताइएको छ । अर्को ओलम्पिक खेल अमेरिकाको लस एन्जल्समा सन् २०२८ मा हुनेछ ।
यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ । एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन् । अफ्रिका र दक्षिण अमेरिकाका देश शीर्ष १० स्थानमा अटाउन असफल भएका छन् ।
हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्वर्ण पदक जित्दै चीन पहिलो स्थानमा छ । चीनले ३९ स्वर्ण, २३ रजत र २४ काँस्य पदकसहित ९० वटा पदक जितेको छ ।
दोस्रो स्थानमा अमेरिका छ । उसले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ काँस्य गरी उसले १२२ वटा पदक हात पारेको छ ।
तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ५० वटा पदक जितको छ । उसको साथमा १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदक छन । चौथोँ स्थानमा जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जीत हासिल गरेको छ ।
पाँचौँ स्थानमा आयोजक देश फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ काँस्य पदक जित हासिल गर्न सफल भएको छ । छैटौँ स्थानमा बेलायतले १३ स्वर्ण, २२ रजत र २७ काँस्यसहित ६३ पदक जितेको छ ।
सातौँ स्थानमा दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ काँस्य पदकसहित कूल ३० पदक जीत हासिल गरेको छ । आठौँ नम्बरमा नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ काँस्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।
जर्मनी कूल ३१ पदकसहित नवौं स्थानमा रहेको छ । उसको साथमा १२ स्वर्ण, ११ रजत र ३ काँस्य पदक जितेको छ । १० औं स्थानमा इटालीले ११ स्वर्ण, १३ रजत र १५ काँस्यसहित ३९ पदकमा विजयी हासिल गरेका छन् ।
ओलम्पिकमा सहभागी भएको नेपालले कुनै पनि खेलमा पदक पाउन सकेन । नेपालको तर्फबाट महिला म्याराथनमा धाविका सन्तोषी श्रेष्ठले सहभागी जनाएकी थिइन ।
यस्तै, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ, सुटिङमा सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोमा मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनमा प्रिन्स दाहालले सहभागी जनाएका थिए ।