काभा वुमन्स नेसन्स भलिबलः नेपाल भारतसँग चुक्दा उपाधिविहीन

0 Shares

काठमाडौं । नेपाललाई पराजित गर्दै काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा सम्पन्न खेलमा भारतले नेपाललाई ३-२ सेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

खेलको पहिलो सेट नेपाल २५-२३ ले विजयी भएको थियो । दोस्रो सेट भारतले २५-१४ ले जित निकाल्दा तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको थियो । चौथो सेट भारतले २५-२१ ले जित निकाल्दा पाँचौँ सेटमा पनि १५-५ ले जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

छनौट चरणमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको थियो । उपाधि रक्षा गर्ने खेलमा नेपाल पराजित बनेसँगै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको छ ।

सम्बन्धित समाचार