0
Shares
काठमाडौं । पेरिस जारी ओलम्पिकको स्वर्ण पदक उपाधिका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट खेल्न अयोग्य भएकी छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ५० केजी समूहमा खेलिरहेकी उनको वजन सय ग्राम बढेसँगै फाइनल खेल अयोग्य भएकी छन् ।
उनले गएराति क्युबाका पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् । विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना समाप्त भएको छ ।