सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० रुपैयाँ गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० कायम भएको थियो ।

यस्तै, एक तोला चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ गिरावट आएको छ । चाँदी धातुको मूल्य चार हजार ३१५ कायम भएको छ । चाँदी तोलामा चार हजार ३१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार