ओली भारतसँगको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबिच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला जाने भएका छन् । बुधबार(आज) बेलुका साझ ५ बजे नेपाल भारत हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल इरानसँग लिगचरणको बदला लिँदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग वेस्ट अफ लाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।

सम्बन्धित समाचार