0
Shares
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपालले भारतसँग फाइनल खेल खेल्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुनेछ ।
मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबल छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थिति हुने भएका छन् ।
त्यस्तै, आजै तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि खेल हुँदैछ ।