0
Shares
काठमाडाैं । क्यानडामा जारी ग्लोबल टी २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सम्मिलित टोलीको लज्जास्पद हार भएको छ । उनी जोडिएको टोली टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको हो ।
टोरोन्टोले प्रस्तुत गरेको ५३ रनको झिनो लक्ष्य मोन्ट्रेयस टाइगर्सले जम्मा तीन विकेट गुमाएर भेट्टाएको हो । टोलीको जितका लागि कप्तान टिम सेइफर्टले १५ रन बनाए ।
यस खेलमा नेपाली खेलाडी पौडेलले टोलीमा स्थान पाएनन् । यसैबीच उनको टोली जम्मा ११.१ ओभरमा अलआउट भएको थियो ।